काठमाडौं महानगरका बालबालिकालाई आजदेखि फाइजरको दोस्रो डोज दिइने

काठमाडौं महानगरपालिकाले बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्ध फाइजर खोपको दोस्रो मात्रा दिने भएको छ।२१ दिनअघि पहिलो मात्रा लगाएका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा खोप दिन लागिएको महानगरपालिकाले जनाएको छ।

महानगरका ३२ वटै वडामा तोकिएका केन्द्रमा गइ खोप लगाउन सकिने महानगरपालिका कार्यालयका स्वास्थ्य विभागप्रमुख बलराम त्रिपाठीले जानकारी दिए। वडा खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयहरुमा खोप केन्द्र तोकिएको छ।

आजदेखि शनिबार बाहेक आगामी फागुन ५ गतेसम्म खोप अभियान जारी रहने महानगरको सूचनामा उल्लेख छ। खोप लगाउनका लागि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य गरिएको छ।

सम्बन्धित समाचार