मन्त्री यादवलाई बर्खास्त गर्न ओलीको आग्रह

नेकपा एमालेले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा योजनामन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

आइतबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओलीले मन्त्री यादवलाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।

बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ओली सहभागी थिए । गौर नरसंहार दोहोर्‍याउने हिंसात्मक अभिव्यक्ति दिएकाले बर्खास्त गर्न अध्यक्ष ओलीले आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार