नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।

कर्णाली प्रदेशमा जेल सजाय भोगेका गैर सांसद माओवादी केन्द्रबाट मन्त्री बनेका छन्। आइतबार छिरिङ डम्डुल लामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका हुन्। हुम्लाका उनी जेल सजाय भोगेका र गैर सांसद हुन्।
सांसद नभएकालाई छ महिना मन्त्री बनाउन सकिने प्रावधानको आडमा गैर सांसदलाई मन्त्री बनाइएको हो। लामा मूर्ति चोरीको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेका व्यक्ति भएको भन्दै आलोचना भइरहेपनि उनी मन्त्री बनेका हुन्।
प्रदेश कमिटी र संसदीय दलको विरोध रहँदा पनि प्रचण्डको निर्देशनमा उनी मन्त्री बनेका हुन्। मुख्यमन्त्री जीवन बहादुर शाहीले आइतबार उनी सहितका अन्य मन्त्रीलाई सपथ गराएका छन्।
