नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।

देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण हाल देशको पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रहेको र देशभर आंशिक देखि सामान्य बदली रहने छ ।
त्यस्तै तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।
यसैगरी राति प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका तराई भू-भागमा बिहान हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
