नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।
नेपालमा आज (सोमबार) सुनको मूल्य १०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० रहेकोमा आइतबार रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेकामा आइतबार प्रतितोला रु ९२ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि आइतबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै रु एक हजार २५५ कारोबार भएको छ । आइतबर चाँदी प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।