लता मंगेशकरको निधनप्रति प्रधानमन्त्री देउवाले गरे यस्तो ट्विट

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन् । आइतबार एक ट्विट गर्दै देउवाले मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले दर्जनौ लोकप्रिय नेपाली गीतमा आवाज दिनु भएकी भारतीय गायिका मङ्गेशकरको निधनको खबरले दुखी भएको बताएका छन् । त्यस्तै उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो । ९२ वर्षीया मंगेशकरले ३० हजारभन्दा बढी गीत गाएकी छन् । उनले नेपाली गीतमा पनि स्वर भरेकी छन् । उनी भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित भएकी थिइन् ।



प्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘दर्जनौ लोकप्रिय नेपाली गीतमा आवाज दिनु भएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले दुखी भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

प्रधानमन्त्री देउवाको ट्विट

प्रधानमन्त्री देउवाको ट्विट

 

सम्बन्धित समाचार