नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ माघ ।

डा. प्रकाशशरण महतल नेपाली काँग्रेसको प्रवक्तामा नियुक्त भएका छन् । आज (सोमबार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्ता नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।
काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएपछि उक्त पद रिक्त रहेको थियो । महत १४औँ महाधिवेशनमा सभापति देउवाकै समूहबाट सहमहामन्त्री पदका उम्मेदवार दिएका महत पराजित भएका थिए । उनी पराजित भएपछि देउवालेमहतलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
पार्टी कार्यालयले महतलाई सभापति देउवाले प्रवक्ताको जिम्मेवारी दिएको जानकारी दिएको छ । प्रवक्तालाई काँग्रेसको विधानमा पदाधिकारी सरहको हैसियत दिइएको छ ।

