मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । गुल्मी, इस्मा गाउँपालिका-४ अदेरी खोलामा सोही गाउँपालिका हुलहरेपाटा बस्ने ५५ वर्षीय पोम बहादुर बस्नेत आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ खोलीगाउँ बस्ने ५७ वर्षीया शान्ति थापा आफ्नै घरमा सुतेकै ठाउँमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित गोक्षेश्वर मन्दिरको पेटीमा हाल नाम,थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।



यसैगरी सुर्खेत, बराहाताल गाउँपालिका-४ खमारीकुन्टा सामुदायिक बनभित्र धोक्रे खोलाको खोल्सामा सोही ठाउँ बस्ने ५० वर्षीया देबिसरा गुरुङ आइतबार मृत अवस्थामा फेला परेकी छन् । उक्त खोल्सामा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौर र अस्थाई प्रहरी पोष्ट तरंगाबाट खटिएको प्रहरीले उनलाई श्रीमानलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार