स्थानीय तह निर्वाचनको मिति घोषणा भएकोमा राजेन्द्र लिङ्देनले दिए यस्तो प्रतिक्रिया

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनको मिति घोषणा गरिएकोमा स्वागत गरेको छ। अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार ट्वीट गरी सरकारको सो निर्णय स्वागतयोग्य भएको बताएका छन्।

‘स्थानीय तहको आवधिक निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय स्वागत योग्य छ’ उनले लेखेका छन्, ‘स्थानीय तहको निर्वाचन तयारीमा युद्ध स्तरमा जुट्न राप्रपाका सबै तहका नेता कार्यकर्ताहरुमा आह्वान गर्दछु।’



नेकपा एमालेले पनि स्थानीय निर्वाचन मिति घोषणा गर्ने कामलाई स्वागतयोग्य भनेको छ ।

सम्बन्धित समाचार