कमल थापाद्वारा पार्टीबाट अलग भएको घोषणा (विज्ञप्तिसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले राप्रपाबाट पार्टीबाट अलग भएको घोषणा गरेका छन् । आज (मंगलबार) उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले भने , ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’

थापाले आजै एक विज्ञप्ति जारी गरी पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् । त्यस्तै उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्ने कामना पनि गरेका छन् । महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको दावी गर्दै र त्यसको छानबिन गर्न माग गर्दै आएका थिए थियो । थापाले पूर्वअध्यक्ष थापाले भारी मन तथा पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन् ।



‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’ विज्ञप्तिमा उल्लेख छ ।

‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहने छु’, विज्ञप्तिमा थप भनिएको छ, ‘पार्टीमा रहँदा बिताएका क्षणप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन।’

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार