आज कति संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

११ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार ६९२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ जना र चार हजार १०५ जनाको एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५ हजार १०३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख २० हजार ५९२ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ । जसमा ३४ हजार ९८३ जना होम आइसोलेसनमा छन् भने १ हजार १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २५६ संक्रमित आईसीयूमा र ३८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ६८ हजार ६११ र एन्टिजेन विधिबाट १ लाख ३५ हजार ६०५ जना पुगेको छ ।

सम्बन्धित समाचार