एमसीसीमा सहमति नजुट्दा प्रतिनिधिसभा बैठक सर्‍यो

आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक एक साताका लागि सरेको छ। विगतमा कोरोनालाई कारण बनाएर बैठक सारिएकोमा यसपटक सरकारको आग्रहमा सारिएको हो । कानूनमन्त्री दिलेन्द्र प्रसाद बडुले सभामुख अग्नि सापकोटालाई मंगलबार साँझ फोन गरेर बैठक एक साता पर सार्न आग्रह गरेका थिए ।

संसद सचिवालयले सूचना टाँस गरेर बैठक सरेकोबारे औपचारिक जानकारी दिइसकेको छ । सचिवालयका अनुसार अब बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ।

एमसीसीमा दलहरुबीच सहमतिको प्रयास भइरहेको भन्दै मन्त्री बडूले बैठक स्थगित गर्न आग्रह गरेको बताइएको छ । यसअघि गत माघ १६ गतेका लागि तय भएको बैठक सरकारसँग परामर्श नगरी सभामुखले एकतर्फी स्थगित गरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको थियो ।

सम्बन्धित समाचार