नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ माघ ।

सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आज बिहान भेटवार्ता भएको छ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल माओवादी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहान प्रचण्डको निवास खुमलटार पुगेका थिए।
दुई नेताबीच एमसीसी र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल भएको बताइन्छ । गठबन्धन टुट्ने चर्चा भैरहेका वेला दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

