सुशील कोेइरालाको स्मृति दिवसमा प्रधानमन्त्री देउवाले गरे यस्तो ट्विट

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा काँग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धा सुमन अर्पण गरेका छन् । आज (बुधबार) एक ट्विट गर्दै देउवाले कोेइरालाप्रति श्रद्धा सुमन अर्पण गरेका हुन् ।

‘पूर्वप्रधानमन्त्री,नेपाली कांग्रेसका तत्कालिन सभापति मेरा मित्र श्रदेय नेता सुशील कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँले पार्टीमा पुर्याउनु भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको प्रधानमन्त्री देउवाले ट्विटरमा उल्लेख गरेका छन् । नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गरेका काँग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।



प्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री,नेपाली कांग्रेसका तत्कालिन सभापति मेरा मित्र श्रदेय नेता सुशील कोइरालाजीको सातौं स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु।तपाईंले पार्टीमा गरेको योगदान् र संविधान निर्माणमा खेलेको नेतृत्वदायी भूमिका हाम्रा लागि सधैं प्रेरणादायी हुनेछ।’

प्रधानमन्त्री देउवाको ट्विट

प्रधानमन्त्री देउवाको ट्विट

सम्बन्धित समाचार