नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ माघ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन राजधानीमा भएको छ । आज (बुधबार) एमसीसी विरुद्ध प्रदर्शन भएको हो ।
एमसीसीविरुद्ध ८ वटा राजनीतिक दलहरुले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । जसमा राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चालगायत रहेका छन् । प्रदर्शन माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म भएको थियो ।
प्रदर्शन बानेश्वर पुगेपछि कोणसभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीले ‘नो एमसीसी’, ‘ब्याक अफ युएसए/एमसीसी’ लगायतका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए । प्रदर्शनमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

