आज कति संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

१४ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८४१ जना र चार हजार ७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५० जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ७ हजार ७७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख २८ हजार ३६९ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेको छ । जसमा २९ हजार ११७ जना होम आइसोलेसनमा छन् भने १ हजार १२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २४२ संक्रमित आईसीयूमा र ४२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७० हजार ४६२ र एन्टिजेन विधिबाट १ लाख ३६ हजार १५५ जना पुगेको छ ।

सम्बन्धित समाचार