नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेता कोइरालाले आज बिहान खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
दुई नेताबीच समसामयिक राजनीतिक विषयहरू एमसीसी, स्थानीय तहको चुनावलगायतबारे छलफल भएको बताइन्छ । एमसीसी विवाद चर्किएको तथा स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थितिमा कांग्रेस नेता कोइरालाले विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्र बनाएका हुन्।
यसअघि गत मंगलबार कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा भेटवार्ता गरेका थिए।

