नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० रहेकोमा बुधबार रु ९३ हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० रहेकामा बुधबार प्रतितोला रु ९२ हजार ९०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै बुधबारको मूल्य अनुसार नै कारोबार भएको छ ।बुधबार चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।