पशुपतिले गरे थापालाई यस्तो आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित घटना हो भन्दै फर्किनेमा आशावादी रहेको बताएका छन् । आज (बिहीबार) पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै पूर्वअध्यक्ष राणाले अर्का पूर्व अध्यक्ष थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरेपनि अस्वीकार गरेकोमा आफूलाई दु:ख लागेको बताए । त्यस्तै जबराले तीनै चरणको निर्वाचनमा गम्भीर भएर सोच्नुपर्ने भन्दै थापालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका छन् ।



‘यो अनपेक्षित घटना हो । उहाँको धेरै गुनासोहरू सार्वजनिक भइसकेको थियो । तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो । तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ । उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ ’ जबराले भने ।

सम्बन्धित समाचार