यी प्रदेशमा आज पनि वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी वायुको सामान्य प्रभावका कारण आज बिहान देशका उच्च पहाडी भू-भागहरुमा मौसम बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो देशका अधिकांश स्थानमा घाम लाग्ने मौसमविद् प्रधानाङ्गले बताए। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको महाशाले जनाएको छ।

सम्बन्धित समाचार