एमसीसी पारित नगरे नेपालसँगको सम्बन्धमै पुनर्विचार गर्ने अमेरिकी चेतावनी, दवाबमा गठबन्धन

संयुक्त राज्य अमेरिकाले एमसीसी सम्झौता पारित गरी कार्यान्वयन नगरे नेपालसँगको सम्बन्ध नै पुनर्विचार गर्ने चेतावनी दिएको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लीले नेपालका सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई टेलिफोन गरी यस्तो चेतावनी दिएका हुन् ।

अमेरिकी सहायक विदेशमन्त्री लीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै फोन गरी एमसीसी सम्झौता संसदबाट पारित गर्न आग्रह गरे । त्यसो हुन नसके नेपाल र अमेरिकाबीचको सम्बन्धमा आउने दरारबारे पनि स्मरण गराउँदै उनले अमेरिका नेपालसँगको सम्बन्ध पुनर्विचार गर्न बाध्य हुने चेतावनी पनि दिएको बुझिएको छ ।

अमेरिकाले सम्झौतामा पुनरावलोकन वा संशोधन नहुने प्रष्ट पार्दै अमेरिकी सहायक विदेशमन्त्री लिले सम्झौता संसदबाट पारित नभए चीनको हस्तक्षेपको रुपमा बुझ्ने समेत चेतावनी दिए । केही महिना अघि एमसीसी उपाध्यक्ष फतिमा नेपाल आएको भोलिपल्टै नेपाल आएका विदेशमन्त्री लिले सम्झौता पारित नहुँदाको परिस्थितिबारे नेपाली नेताहरुलाई स्मरण गराउनुलाई गम्भीर रुपमा लिइएको छ ।

सम्बन्धित समाचार