प्रचण्डले एमसीसीमा निर्णय लिन आग्रह गरेपछि ओलीले दिए यस्तो जवाफ

एमसीसीका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरेका छन्। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विहीबार साँझ ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै अध्यक्ष ओलीलाई फोन गरेका हुन्।

‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ’, रिजालले ओलीको भनाइ उधृत गर्दै भने, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ। अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधि सभामा १ सय ६५ सदस्य छन्। पहिले आफूले निर्णय गर्नूस्, नेकपा एमाले त निर्णय गरिहाल्छ।’

विहीबारै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले प्रचण्डलगायत प्रमुख दलका शीर्ष नेताहरूलाई वासिङ्टनबाट सीधै फोन गरेर एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गराउन दवाब दिएका थिए।

सम्बन्धित समाचार