नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।

नेकपा एमालेका नेता डा. भीम रावलले नेपाली कांग्रेसलाई आरोप लगाएका छन् । आज (शुक्रबार) एक ट्विट गर्दै उनले कांग्रेसलाई आरोप लगाएका हुन् ।
उनले राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गर्दै नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहास फेरी बल्झाउदै गरेको आरोप लगाएका छन् । त्यस्तै उनले उदारवादको हल्ला चलाई देशका उद्योगधन्दा खतम गरी परनिर्भता बढाउने पनि कांग्रेसै रहेको टिप्पणी गरे ।
भीम रावलले ट्विटरमा लेखेका छन्, ‘नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहासलाई राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गरी फेरी बल्झाउदै छ।उदारवादको हल्ला चलाई देशका उद्योगधन्दा खतम गरी परनिर्भता बढाउने पनि कांग्रेसै हो।’
भीम रावलको ट्विट

