नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ माघ ।

सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ । आज (शुक्रबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।
मन्त्रालयको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहचिवको सरुवा गरेको हो । मन्त्रालयको अतिरिक्त समूहमा रहेका र अरु विभिन्न कार्यालयमा कार्यरत सहसचिवलाई कामकाजमा खटाउने र सरुवा गर्ने निर्णय गरेको हो ।
यसअघि मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै २९ जना सहसचिव सरुवाको निर्णय गरेको थियो ।
को-कहाँ पुगे

