नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । आज (आइतबार) बिहान ११ बजे महाभियोग दर्ता भएकाे संसद सचिवालयका प्रवक्ता राेजनाथ पाण्डेले बताएका छन् ।
साे प्रस्तावमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो । उक्त प्रस्तावमा सांसदहरू नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।
विगत तीन महिनादेखि नेपाल बार एशोसिएसनले जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ । प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेकोसहित महाभियोग लगाउन भनेर २१ वटा बुँदा समावेश गरिएको छ ।

