प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि ओलीले दिए यस्तो प्रतिक्रिया

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग प्रस्ताव दर्ता गर्नु एकअनुचित र अनुत्तरदायी कार्य भएको बताएका छन् । आज (आइतबार) प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएसँगै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।

त्यस्तै ओलीले यो कदम गम्भीर रहेको बताएका छन् । उनले भने ‘महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक ढंगले आयो । यो धरै गम्भीर कदम हो ।’ ओलीले यो गम्भीर षडयन्त्रको प्रकटीकरण हो भन्दै महायोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको आरोप लगाए । त्यस्तै उनले मुलुकलाई स्थायित्व र सहि बाटो दिन निर्वाचनतिर लाग्नुपर्नेमा सत्ता गठबन्धन नै निर्वाचन भाँड्न र नयाँ नयाँ विवाद सिर्जना गर्न लागेको टिप्पणी समेत गरे ।



त्यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको बताएका छन् । आज एक ट्विट गर्दौ उनले यस्तो बताएका हुन् । रिजालले ट्विटरमा लेखेका छन्,’प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ ।यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ । स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ । प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ।’

काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो । उक्त प्रस्तावमा सांसदहरू नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

 

सम्बन्धित समाचार