एमालेले बोलायो सचिवालय र संसदीय दलको बैठक

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज (आइतबार) साँझ ६ बजेको लागि सचिवालयको बैठक बोलाइएको एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले सचिवालय बैठक बोलाएको हो । बैठकमा प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनका सांसदले दर्ता गरेको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ ।



त्यस्तै एमालेले संसदीय दलको बैठक पनि बोलाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार भोलि (सोमबार) बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने जानकरी दिए ।

 

सम्बन्धित समाचार