कामु प्रधानन्यायाधीश कार्कीले बोलाए फुलकोर्ट बैठक

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाएका छन् । आज (सोमबार) अपराह्न २ बजेका कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चको फुलकोर्ट बैठक बोलाएका हुन् ।

न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम कार्कीले फुलकोर्ट बैठक आह्वान गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतःनिलम्वनमा परेपछि कायममुकायम मुकरर गरिरहेका कार्कीले सो बैठक बोलाएका हुन् ।



बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बताइएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट बैठक नभई अनौपचारिक बैठक आह्वान गरेको जानकारी दिए । त्यस्तै बैठकमा न्यायाधीश हरिकृष्ण कार्की सम्मिलित समितिले न्यायपालिका सुधारका लागि भन्दै दिएको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्ने र सर्वोच्च अदालतकै न्यायाधीश तथा नेपाल बार एसोसिएसनले उठाएको मागको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार