जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, शिवसताक्षी नगरपलिका-१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका-९ संगम चोकस्थित जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पछिल्लो समय नेपालमा जबरजस्ती करणीको घटना बढ्दो क्रममा रहेको छ ।

सम्बन्धित समाचार