को-को गए सर्वदलीय बैठकमा ?

सभामुख अग्निप्रसाद सापकोटालेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । आज (सोमबार)को लागि सभामुखले बोलाएको सर्वदलीय बैठकबैठक सिंहदरबारस्थित संसद् सचिवालयमा सुरु भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक बहिस्कार गरेका छन् । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले लागि सर्वदलीय बैठक बोलाएका हुन् । त्यस्तै गत भदौ २९ गते सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो । आज बिहान नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताएक थिए ।



बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल  र सचेतक जीवनराम श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेल, नेमकिपाका सांसद सुनिल प्रजापती, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू, काँग्रेसकी सचेतक पुष्पा भुषाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ र सचेतक देव गुरुङलगायत सहभागी छन् ।

सम्बन्धित समाचार