मालिकलाई देखेर यो कुकुरले गर्छ यसरी योग

आजकल सामाजिक सञ्जालमा हजारौं भिडियो भाइरल भइरहेका छन् । त्यसमध्ये एउटा कुकुरको यस्तो भिडियो भाइरल भइरहेको छ, जसलाई हेरेपछि तपाई छक्क पर्नुहुनेछ ।

एउटा कुकुरले आफ्नो मालिकसँग योग अभ्यास गरेको यस्तै एउटा भिडियो इन्टरनेटमा भाइरल भएको छ, जसले सबैको मन जितेको छ । ‘म्याग्नस’ नाम गरेको कुकुरले योग शिक्षकलाई हेर्दै नक्कल गर्न खोजिरहेको छ । योग शिक्षकले खुट्टा उठाउँदै छन् भने उसले पनि खुट्टा उठाइरहेको छ र यदि हात वा घाँटी माथि उठाएको छ भने कुकुरले पनि ठ्याक्कै नक्कल गर्न खोज्छ । यतिबेला यो भिडियो इन्टरनेटमा आएपछि निकै चर्चा चलेको छ ।



सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियो ‘म्याग्नस द थेरापी डग’ले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा सेयर गरेको छ । यो भिडियोलाई अहिलेसम्म १४ लाखभन्दा बढी पटक हेरिएको छ भने १ लाख ५१ जना भन्दा बढीले लाइक गरेका छन् । योसँगै यसको ३ लाख ३५ हजारभन्दा बढी फलोअर्स छन् । ।

सम्बन्धित समाचार