तारानाथ शर्माको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीले गरे यस्तो ट्विट

साहित्यकार डा. तारानाथ शर्माको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी हुन् । आज (मंगलबार) एक ट्विट गर्दै उनले यस्तो बताएकी हुन् ।

त्यस्तै उनले दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आफ्ना दर्जनौँ कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुने विश्वास व्यक्त गरेकी छिन् । साहित्यकार शर्माको आज निधन भएको थियो ।



सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति भण्डारीले लेखेकी छिन्, ‘प्रखर समालोचक एवम् नेपाली भाषामा झर्रो वादी आन्दोलनका अग्रणी डा तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ । आफ्ना दर्जनौँ कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुनेछ । दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वरिष्ठ साहित्यकार डा शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज (मंगलबार) एक ट्विट गर्दै उनले दिवङ्गत साहित्यकार शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधनको खबरले मलाई निकै दुःख लागेको छ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

राष्ट्रपति भण्डारीको ट्विट :

राष्ट्रपति भण्डारीको ट्विट :

प्रधानमन्त्री देउवाको ट्विट :

प्रधानमन्त्री देउवाको ट्विट :

 

सम्बन्धित समाचार