आज कति संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ७ हजार ९५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ४ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र दुई हजार ८३९ जनाको एन्टिजेन परीक्षण गर्दा १८२ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार ८३५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ४२ हजार ७३७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ । जसमा १९ हजार ९८२ जना होम आइसोलेसनमा छन् भने ७५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १७४ संक्रमित आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७४ हजार ३९ र एन्टिजेन विधिबाट १ लाख ३७ हजार ८५९ जना पुगेको छ ।

सम्बन्धित समाचार