नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।

हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको कारण देशको पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (बुधबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने देशको पहाडी भू -भागका एक-दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
