प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध र नाराबाजी कायमै (लाइभ)

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने तथा डा. दुमनसिंह थापा, लक्ष्मीदास मानन्धर र जगत बहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

त्यस्तै प्रतिनिधिसभाको बैठकमा आज अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल नगर्ने सहमति भएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज संसदमा एमसीसी टेबल नगर्ने सहमति भएको हो । यसअघि मंगलबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले एमसीसी आजै टेबल गर्नुपर्ने प्रस्ताव गरेको थियो ।



यस्तै आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठक एमसीसीको विपक्षमा उभिने निर्णय गरेको थियो । त्यस्तै माओवादी केन्द्रले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोड्न सक्ने चेतावनी पनि दिएको थियो ।

भिडियो-

भिडियो साभार – House of Representative Nepal प्रतिनिधि सभा नेपाल

 

सम्बन्धित समाचार