प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी फागुन ६ गते शुक्रबार १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् । त्यस्तै तीन जना पूर्वसांसद डा. दुमनसिंह थापा, लक्ष्मीदास मानन्धर र जगत बहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।



त्यस्तै प्रतिनिधिसभाको बैठकमा आज अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल नगर्ने सहमति भएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज संसदमा एमसीसी टेबल नगर्ने सहमति भएको हो । यसअघि मंगलबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले एमसीसी आजै टेबल गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

सम्बन्धित समाचार