नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ फागुन ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० रहेकोमा बिहीबार रु ९६ हजार १०० हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार रहेकामा बिहीबार प्रतितोला रु ९५ हजार ६०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै १ हजार ३०५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार २९५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।