नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ फागुन ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । आज (शुक्रबार) संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । यसैबीच, संघीय संसद् सचिवालयले हिजो नै प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्नेछन् ।
यसअघि आज बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसी टेबल नगर्ने निर्णय गरेको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ ।

