प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी फागुन ८ गते शुक्रबार १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गरेका छन् । मन्त्री बडूले सभामुखको अनुमतिअनुसार मन्त्री बडुले प्रतिवेदन पेस गरेका प्रतिवेदन पेस गरेका हुन् ।



एमालेले अवरोध

त्यस्तै प्रतिनिधिसभाको बैठकमा आज अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल नगर्ने सहमति भएको थियो । आज बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसी टेबल नगर्ने निर्णय गरेको छ । सरकारले भने आज एमसीसी आजै टेबल गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, सत्ता गठबन्धनले भने एमसीसी टेबुल नगर्न देउवालाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा संसद बैठकमा एमसीसीमा टेबुल गर्ने प्रयासमा छन् भने माओवादी र एकीकृत समाजवादीले अहिले एमसीसी पेस गर्न नहुने बताउँदै आएका छन् । माओवादी केन्द्रले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोड्न सक्ने चेतावनी पनि दिएको थियो ।

एमालेले अवरोध

 

सम्बन्धित समाचार