नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ फागुन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ९६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३ हजार ५३८ जनाको पीसीआर परीक्षण गर्दा १९८ जना र तीन हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा १५२ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९१७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार २७२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५० हजार ५६ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ । जसमा १२ हजार ८२८ जना होम आइसोलेसनमा छन् भने ५२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १४२ संक्रमित आईसीयूमा र १७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७५ हजार ३३० र एन्टिजेन विधिबाट १ लाख ३८ हजार ५६४ जना पुगेको छ ।