सत्तारूढ गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

एमसीसी संसदमा टेबल गर्न सहमति

सत्तारूढ गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्न सहमति भएको छ । आज (आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीको विषयमा सहमति भएको हो ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी संसदमा टेबल गर्न सहमति भएको बताएका छन् । नेपालले भने ‘गठबन्धनमा सहमति भएको छ, अब एमसीसी टेबल हुन्छ ।’ त्यस्तै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन निर्णय भएको बताए । यादवले भने ‘आज टेबल हुन्छ । जे हुन्छ, त्यसपछि हुन्छ ।’



बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरू सहभागी छन् ।प्रधानमन्त्री देउवाले गठबन्धन बैठकअघि आफू निकट नेताहरुसँग आन्तरिक छलफल गरेका थिए । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

सम्बन्धित समाचार