एनआईसी एशिया बैंकद्वारा १० लाख बराबरको घातक रोग बीमा रकम भुक्तानी

 

एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध रू. १० लाख बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको जनाएको छ । यस बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोल्नु भएको भीमसेनगोला, काठमाडौं निवासी ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरिएको हो ।



विज्ञप्तिमा निज पन्तलाई एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको जनाइएको छ । निज खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको हो । यस बैंकको बीमा सहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहकहरूले बीमावापत ४ करोड ३० लाखभन्दा बढी रकम प्राप्त गरिसकेको पनि विज्ञप्तिमा जनाइएको छ ।

बैंकले आफ्ना ग्राहक (खातावाला) लाई लक्षित गरी अरू पनि थुप्रै सुविधाहरू ल्याएको र सर्वश्रेष्ठ बचत खाता योजना त्यसकै एउटा अङ्ग भएको पनि बैंकले जनाएको छ ।

 

सम्बन्धित समाचार