नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ फागुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले राजीनामा दिएका छन् । आज (सोमबार) बर्तौलाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
पार्टीको महाधिवेशन पश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको बताएका छन् ।
हाल राप्रपा नेपालका अध्यक्ष रहेका कमल थापाले राप्रपा परित्याग गरेसँगै बर्तौलाले पनि राप्रपा छाडेका हुन् । थापा उपप्रधानमन्त्री रहँदा बर्तौला स्वकीय सचिव रहेका थिए ।
राजीनामापत्र

