एमाले विभाग प्रमुखहरुको बैठकले गर्यो यस्तो निर्णय

नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको केन्द्रीय विभागका प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगतरूपमा सुझाव दिन र आफ्नो क्षेत्रका काम अघि बढाउन पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखलाई निर्देशन पनि दिएका छन् । बैठकमा उनले पार्टीलाई गतिशील र प्रभावकारी बनाउन विभागीय सक्रियतामा जोड दिएका हुन् । बैठकले विभागलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मकरूपमा काम अघि बढाउने निर्णय गरेको छ ।



एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए । बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखको उपस्थिति थियो ।

सम्बन्धित समाचार