मध्यबानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ (अपडेट)

प्रहरीले मध्यबानेश्वरबाट एक चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ ।  सोमबार राति प्रहरीले उनीहरुलाई मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।

अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । उनीहरु पुरानो बानेश्वरमा रहेको ‘लेमन कल सेन्टर’बाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एकजना चिनियाँ नागरिक, १३ जना नेपाली महिला र अरु नेपाली पुरुष रहेका छन् । प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको र यस विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित समाचार