एकीकृत समाजवादीको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

नेकपा (एकीकृत समाजवादी)पार्टीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै उनले एमसीसीको विपक्षीमा उभिनका लागि वातावरण तयार गर्ने र आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने खतिवडाले बताए । प्रवक्ता खतिवडाले पाँच दलीय गठबन्धनमा एमसीसीका कारण दरार नआउने जनाउँदै नेपाली काँग्रेसलाई समेत एमसीसीका विपक्षमा मतदान गर्न अनुरोध गर्ने बताए ।



खतिवडाले भने ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ ।’ ‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ’, खतिवडाको भनाइ छ ।

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार