नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।

गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ । आज (बुधबार) ओलीको निजी निवास बालकोटमा गृहमन्त्री खाँण र ओलीबीच भेटवार्ता भएको हो । भेटमा वर्तमान राजनीतिक विषयमा छलफल भएको ओलीको नीजि सचिवालयले जनाएको छ ।
उनीहरुबीच वर्तमान अवस्थामा संसद कसरी सुचारु गर्ने, एमसीसी अनुमोदनलगायत समसामयिक राजनीतिमा देखिएका समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भएको छ । भेटमा ओलीले १४ जना सांसद्लाई कारबाही हुनुपर्ने माग गर्दै पहिले आफूहरुको माग पूरा हुनुपर्ने अडान कायम राखेका छन् ।
त्यस्तै अध्यक्ष ओलीले एमालेले कुनैपनि संसदीय प्रक्रियामा सहभागिता नजनाउने बताए । यसअघि मंगलबार राति ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा ओलीले देउवासँग एमसीसीबारे छलफल गरेका थिए ।
