नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।

प्रतिनिधिसभाको बैठक भोलि (बिहीबार) बस्दैछ । बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । भोलिको बैठकको लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यक्रमहरू समेत तय गरेको हो ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि छलफल हुने कार्यसूची छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यसूची पनि रहेको छ । फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गरेका थिए । बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सूचना
