प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा आज बस्ने बनिएको बैठक स्थगित गरिएको हो । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि शुक्रबार दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको गौतमले जानकारी दिए ।



प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि छलफल हुने कार्यक्रम रहेको थियो । त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यसूची थियो । गत फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गरेका थिए ।

यसअघि एमसीसी संसदमा टेबल गर्ने विषयमा सत्तारूढ गठबन्धन भित्रै नै मतभेद देखिएको थियो । बैठकको पूर्वसन्ध्यामा सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

सूचना

सूचना

 

 

सम्बन्धित समाचार