नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसीको विरोधमा सडक आवश्यकता बमोजिम तात्नेमात्रै होइन,बल्ने पनि बताएका छन् । उनले एमसीसीको विरोधमा आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् ।
आज (बिहीबार) प्रतिनिधिसभाको बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुरा गर्दै खनालले भने, ‘एमसीसीको विरोधमा सडक तात्नेमात्रै होइन, बल्छ पनि ।’ त्यस्तै उनले गठवन्धन बन्ने र बिग्रिने क्रम चलिरहन्छ भन्दै एमसीसी कहिल्यै नमिल्ने बताए । खनालले भने, ‘एकथरी महाशक्तिको पछाडि लागेको र अर्को पक्ष देशको स्वतन्त्रताको पक्षमा रहेको र यी दुईटा कहिल्यै मिल्दा पनि मिल्दैनन्, मिल्ने वाला पनि छैनन् ।’
त्यसैगरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा आज बस्ने बनिएको बैठक स्थगित गरिएको हो । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ । बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको हो ।
